नुवाकोटको ककनीका उपाध्यक्ष खतिवडाको घोषणा : आफुले प्रयोग गर्ने गाडी जनताको सेवामा प्रयोग गरिने

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता लामा  खतिवडाले प्रयोग गर्दै आईरहेको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गरिने भएको छ । उपाध्यक्ष खतिवडाले बिश्वभरी महामारिको रूपमा फैलिरहेको कोरोना भाइरसले देश नै आक्रान्त पारिरहेको अवस्थामा ककनी गाउँपालिकाबासी आमा बुबा,दाजु भाइ तथा दिदी बहिनीहरुको स्वास्थ नै पहिलो प्राथमिकता रहेकोले उक्त गाडी सोही प्रयोजनका लागि प्रयोग गर्ने गरि निर्णय गरि गाउँपालिकालाई जिम्मा लगाएको बताएका छन् ।

उहाँले भन्नू भएको छ सबैभन्दा पहिला सबैलाइ सुरक्षित रहन आग्रह गर्न चाहन्छु। यो बिषम परिस्थिति को मध्यनजर गर्दै ककनी गाउँपालिका बासी आमा बुबा दाजु भाइ तथा दिदी बहिनिहरुलाइ कुनै समस्या परेमा यहाँहरुको समस्यामा मलम लगाउने उद्देश्यले आज सम्म ककनी गाउँपालिकामा रहेको मैले प्रयोग गर्दै आएको प्रदेश नम्बर ३ / ०२००६/५१२३ नम्बरको पिक अप गाडी जनताको अप्ठ्यारोमा प्रयोग गर्ने गरि प्रयोग गर्ने निर्णय सहित मैले पलिकालाइ जिम्मा लगाएको छु। यदि यम्बुलेन्सको अभावमा पनि यसलाइ परिचालन गरिने छ। यदि कसैलाइ धेरै समस्या परेमा गाउँपालिका वा आफुलाई पनि सम्पर्क गर्न सक्ने उहाँले जानकारी दिएको छ साथैसबैको सु स्वास्थ्यको कामना समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्