पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ को मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना कोरोनामुक्त भएका छन् । आइतबार चौबीस घण्टामा २१४ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म पाँच हजार २१४ जनाको मृत्यु भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्