इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

काठमाण्डौ – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ ।

हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयौँ प्यालेस्टाइन घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली सेनाले आक्रमण गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनले सीमा पार गरेकोले आफूहरुले जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्