बाँकेमा १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पुर्वका छन् ।

सोमबार २४ घण्टाको अवधिमा देशभर १३९ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्