अक्सिजन प्लान्ट जडानको सहकार्यमा जुटन सबैलाई अमरगढीका मेयर ओझाको अपिल

कोभिड–१९ को महामारीका बेला डडेल्धुरा अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव परिपुर्ति गर्नुका लागि बोलन्याथली र अमरगढी नगरपालिकाले समुन्व्य गरेर आज दिउसो अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर बोलन्याथली युनिट डडेल्धुराका संयोजक दिपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा लाई हस्तान्तरण गरेका थिए । यसको प्रशंसा गर्दै अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले फेसबुक मार्फत अक्सिजन प्लान्ट जडानको सहकार्यमा जुटन सबैलाई अपिल गरेका छन् ।

कम्तिमा दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट जडान गर्न सवैको सहयोग, सहकार्यको खाँचो छ जुटौं सवै सहकार्य र साझेदारि गर्न अमरगढी तयार रहेको समेत उहाँले बताएका छन् । यस अघि नै नगरपालिकाले जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स र ट्रिपरलाई शव वाहनको रुपमा प्रयोग गर्ने घोषणा गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्