गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको हो । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ । साथै अर्काे व्यबस्था नभएसम्मका लागि काम चालउन र संविधानको धारा १६८ को उपचार (२) अनुसार तीन दिन भित्र सरकार गठनका लागि आव्हान गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्