अफगानिस्तानको एउटा विद्यालय निजकै विस्फोट, कम्तिमा ३० जनाको मृत्यु

काठमाण्डौ – अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् ।

राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्