बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिकामा कुखुराका चल्ला वितरण

रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत कुखुराको चल्ला वितरण गरिएको छ । पोषण अवस्था सुधारका लागि हजार दिनका घरपरिवारलाई ८ हप्ते उन्‍नत कुखुराको चल्ला वितरण गरिएको हो ।

चौरजहारी नगरपालिका वडा नं १०, ११, १२, १३ र १४ मा रहेका हजार दिन तथा बिपन्‍न परिवार अन्‍तरगत सुनौलो हजार दिनका घरपरिवार छनौट गरि प्रति परिवार ५ वटाका दरले १ सय ३० घर परिवारलाई ११ सय ५० चल्ला वितरण गरिएको हो । २० नमुना कृषक छनौट गरि प्रति परिवार १० का दरले २०० गरि कुल १३ सय ५० वटा चल्ला वितरण गरिएको छ ।

बालवालिकाको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । त्यसैकारण महिला तथा वालवालीकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको रु. २ लाख ७७ हजार ७ सय ७५ आर्थिक सहयोग तथा चौरजहारी नगरपालिका बहुक्षेत्रीय पोषण योजनाको रु. ८० हजार विनियोजित रकमबाट कुखुराको चल्ला खरिद गरि उक्त घरपरिवारलाई वितरण गरेको हो ।

पोषण अवस्था सुधारका लागि संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनासंगको सहकार्यमा हजार दिनका घरपरिवारका कुखुरा वितरण, कुखुराको चल्ला वितरण, पोषिलो झोला वितरण लगाएका सचेतामुलक कार्यक्रमहरु गर्दे आएको यस आर्थिक बर्षमा नगरभित्र बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालनको लागि मन्त्रालयले २२ लाख ५३ हजार र चौरजहारी नगरपालिकाले ७ लाख ६० हजार रुपैया विनियोजन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्