डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्ने

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना भाइरसको दोश्रो चरणमा संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो ।

गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने निर्णय कार्यपालिकाबाट गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । उनले आइसोलेसन निर्माणका लागि अस्पतालमा प्रयोग हुने ३५ वटा बेडहरू ल्याइ सकेको बताए ।

गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई वटा बसहरूलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने गाउापालिकाले जनाएको छ । कोभिडबाट संक्रमित सबै बिरामीहरूको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्