भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख सहयोग गर्ने प्रतिवद्धता

भौतिक पूर्वाधार लगायत स्वास्थ्य सामाग्री अवभावमा उपचार गर्न असहज देखिएको भन्दै महाकाली प्रादेशिक अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको आपुर्ती सहज बनाउन सहयोग आवश्यक रहेको भीमदत्तका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
अस्पतालले सहयोग पत्र पठाउने बितिक्कै नगरपालिकाले सहयोग रकम हस्तान्तरण गर्ने प्रक्रियाको लागि तयारी भइरहेको प्रमुख विष्टले बताउनुभयो ।

यस अघि कञ्चनपुरकै बेदकोट नगरपालिकाले अस्पताललाई १० लाख सहयोग हस्तानन्तरण गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्