सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबलको उपाधी हेलम्बु गाउँपालिकालाई

तस्विर : सामाजिक सञ्जाल

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले १ लाख नगदसहित कप र मेडल प्राप्त गरेको हो ।

दोस्रो हुने साँगाचोकगढी नगरपालिकाको टीमले ५० हजार नगदसहित कप र मेडल प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गर्ने मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले नगद २५/२५ हजारका साथमा कप र मेडल प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने पाँचपोखरी थाङ्पालधाप गाउँपालिकाले नगद १० हजार र कप पाएको छ ।

हाम्रो टीम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो प्रतियोगितामा मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग गरेको थियो । खेल सोमबार देखि मेलम्ची बजारमा सुरु भएको थियो ।

खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले तीन हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् । चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ । यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित भए ।

त्यस्तै, चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्