नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

FILE PHOTO

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

काठमाडौंको सुरिया हेल्थ केयरमा नक्कली पीसीआर रिपोर्ट बनाएको आशंका गरिएको छ । उनीहरु मलेसिया, युएई, साउदी अरबलगायतका देशमा जान लागेका थिए ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले सुरियाका सञ्चालकसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्