दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, बृक्षारोपण त गरियो तर बोटहरु खै ?

दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका केन्द्र खलंगामा बृक्षारोपण गरेको केहि हप्ता मै बोटहरु गायव भएका छन् । महाकाली नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरि बृक्षारोपण गर्ने भनि लगाइएका बोटहरु नै नभएपछि बृक्षारोपण अर्थहिन बन्न पुगेको छ । एक स्थानीयका अनुसार नगरपालिकाको करिब १५ लाखको बजेटमा गरिएको बृक्षारोपण अहिले शुन्य बराबर भएको छ । बृक्षारोपण कार्यक्रमका लागि बजेट एकिन नभएपनि १५ लाखको हाराहारीमा रहेको स्थानीयले बताएका छन् ।
बृक्षारोपणका लागि लगाएका बोटहरु गाईबस्तुहरुले खाए या चोरी भयो त्यो आधिकारिक रुपमा कसैलाई थाहा छैन । बृक्षारोपण पछि संरक्षण तथा स्याहारसुहारका लागि नगरपालिका चासो नदिदा बोटहरु हराएका छन् । स्थानीयको करबाट संकलित बजेटबाट बृक्षारोपण कार्यक्रम अहिले बालुवामा पानी खन्याएजस्तै भएको छ । यस बिषयमा स्थानीय बुद्धिजीवि, राजनीतिक व्यक्तित्व, स्थानीय अगुवा लगायतले पटक पटक ध्यानाकर्षण गराउदा समेत नगरपालिकाका जनप्रतिनिधि मौन बनेका छन् । यस बिषयमा हाम्रो टीम नगरपालिकामा बुझ्ने प्रयास गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्