गोकुलेश्वर-चाैपाता सडकखण्डमा भएको जीप दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु, ४ जना घाइते

लेकम – गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ । यात्रु लिएर गोकुलेश्वरबाट चौपाता जानेक्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक करन नाथ, गाडी धनी पदम पन्त र सुनादेवी पन्त रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्