उचाकोट जीप दुर्घटना : गाडीधनी पन्त र उनका आमा सहित चालक नाथको मृत्यु, अन्य ४ जना घाइते

दार्चुला – शनिबार दिउँसो लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा जिल्ला जिप दुर्घटनाग्रस्त भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो ।
जीप सडकबाट करिब ३०० मिटर तल खस्दा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र गाडी धनी पन्तका आमा सुनादेबी पन्त रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र बसन्त पन्त रहेको बताइएको छ ।
ब ३ ज १६९३ नम्बरको नयाँ जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको नयाँ जीप रहेको स्थानीयले बताएका छन् । घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जीपमा सवार अरु चार जना घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्