नाइजेरीयामा सैन्य विमान दुर्घटना, विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका

Photo: Khal Bussie/Twitter

एजेन्सी – नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएको समाचारहरूमा बताइएको छ ।

विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

सिरिकाले भने, “दुर्घटना भयानक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्