यमन युद्धः हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन्।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ।

“यमनमा युद्ध अन्त्य हुनुपर्छ,“ विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भने।

बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्