समृद्धिका आधार पहिचान गरि जनअपेक्षा अनुरुप अघि बढिरहेका छाैँ : अध्यक्ष बाेगटी

काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।
यस्तै गाउँपालिकाबासीहरुलाई सदरमुकाम जान सहज होस् र भाडा महंगो नपरोस भनेर गाउँपालिकाले नगरबस समेत सञ्चालन गरेको छ भने यात्रामा जेष्ठ नागरिक, आपांग, असक्तहरुलाई निशुल्क सेवा दिदै आइरहेको छ ।
सुदूरपश्चिमको पर्यटकीय स्थलको रुपमा रहेको तथा पूर्वीचौकी गाउँपालिकामा प्रवेशद्वार समेत रहेको खप्तडले पनि पूर्वीचौकीको समृद्धिको ढोका खोल्न सक्नेछ । यस क्षेत्रमा होटल, होम स्टे, क्याफे, रेष्टुरेन्ट सञ्चालन गर्न गाउँपालिकाले युवाहरुलाई उत्साहित गर्ने तथा गाउँपालिकाबाट केहि आर्थिक सहयोग समेत गर्ने बताए ।
लामो समयदेखि बहसको बिषय बनाउदै आएका अध्यक्ष बोगटीले पूर्वीचौकी विभिन्न क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको रहेको बताए । कला, संस्कृति, चाडपर्व, रहनसहन, देउडा, पुतला, पञ्चेबाँजा लगायत संस्कृतिलाई जर्गेना गरी बाह्य पर्यटकहरुलाई आकर्षिक गर्न सक्ने आधार रहेको बताए । यस्तै पर्यटनलाई प्रबद्र्धन गर्न सडक पूर्वाधार आवश्यक रहेकोले सडक पूर्वाधारलाई पनि प्राथमिकतामा रहेको स्मरण गराए । यस्तै त्यसक्षेत्रमा पाइने जडिबुटी, कन्दमुल लगायतका स्रोत साधलाई सम्बद्र्धन एवं प्रबद्र्धन गर्न सके अझै पूर्वीचौकीको समृद्धि हुने भएकाले यसलाई पनि आत्मसाथ गर्दै अघि बढेका बताए ।
पूर्वीचौकीमा मात्र नभई देशको समृद्धिको आधार कृषि भएकाले उत्पादन क्षेत्र पहिचान गरि त्यस क्षेत्रमा कित्ता काट, बेचबिखन, घर घडेरी लगायतका कार्य रोक्नुपर्ने र कृषिमा आमुल परिवर्तन ल्याउन त्यस क्षेत्रमा सिँचाई, कृषि सामाग्री, मल लगायतका कार्य गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । यसै गरी बनजंगलको सहि सदुपयोग गरि जडिबुटी, तथा लोपन्मुख बिरुवाहरु ल्याएर बृक्षारोपण गर्न सके सोचे भन्दा बढी समृद्धि आउने प्रष्ट पारे ।
उनले विश्वमहामारीका रुपमा फैलिएको कोभिड–१९ तथा कोरोना भाईरसले देश आक्रान्त भइरहेको बेला पूर्वीचौकी पनि अछुतो नरहेको स्मरण गर्दै त्यस समयमा बढीजसो विद्यार्थीहरु समस्यामा परेका थिए । त्यस समयमा गाउँपालिकाले काठमाडौँ लगायत विभिन्न शहरमा बसेका विद्यार्थीहरुलाई घर फर्काउन विशेष पहल गरेको थियो भने तेस्रो मुलुक भारतबाट आउने पूर्वीचौकी गाउँपालिकाका बासीहरुलाई पनि सिमानाबाट घर फर्कान विशेष पहल गरेको थियो ।
यसरी रोजगारी गुमाएका नागरिकहरुलाई न्यूनतम १०० दिनको रोजगारीको ग्यारेन्टी सहित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन भइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्