डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१ ००१ क ५६५१ नम्बरको टिप्पर सिरोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार धादिङ घर भएका टिप्पर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको हो ।

दुर्घटनामा नवदुर्गा गाउँपालिका-४ बस्ने २८ वर्षीय हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदीप बिक घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्