मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् ।

ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला र वृद्धाश्रमलगायतका सम्पदामा क्षति पुगेको छ ।

भारत सरकारले सन् २०१८ देखि काशी विश्वनाथ मन्दिरदेखि गंगा नदीसम्मको करिब सात मिटर क्षेत्रमा करिडोर निर्माण गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त परियोजनाको लागत करिब ६ सय करोड भारु रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने भएकाले मोदीले यस परियोजनाप्रति विशेष चासो राख्ने गरेका छन् । करिडोर निर्माणका लागि करिब तीनसय पुराना घर भत्काइँदैछ । त्यही क्रममा नेपाली सम्पदामा पनि क्षति पुगको हो ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्