कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ नियमित परीक्षार्थीहरुको जीपीए विवरण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हाे ।परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभयो ।

सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मंङ्सिरमा भएको सो परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएकाा छन् । २.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो

यस्तै परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिसलगायतबाट हेर्न सकिन्छ ।

कक्षा १२ को सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३१६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्