शुक्लाफाँटामा एम्बुलेन्स मर्मत नहुदाँ विरामी सास्ती खेप्न बाध्य, केहिदिनमै मर्मत हुने आश्वासन

मुकेशप्रसाद जोशी, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् ।
स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो तर विगत लामो समयसम्म उक्त एम्बुलेन्स मर्मत नहुँदा बिरामीहरु मारमा परेका छन् ।
विग्रिएको एम्बुलेन्स लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन् । पिपलाडी स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएको ९ महिना पुग्दा समेत मर्मत कार्य हुन नसक्दा विरामीहरुलाई निकै समस्या भएको छ ।
कोभिड–१९ तथा कोरोना भाइरसका कारण क्वारेन्टाइनमा बसेकाहरुको शुक्लाफाँटा नगरपालिकाको केन्द्र झलारीबाट स्वाव संकलन गरेर धनगढी जानेक्रममा गत असार ६ गते गेटा अस्पताल नजिक उक्त एम्बुलेन्स दुर्घटनाग्रस्त भएको थियो । त्यसपश्चात उक्त एम्बुलेन्स ग्यारेज मै थन्किएको छ  ।
पिपलाडी स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गादत्त भट्टले आर्थिक अभावका कारण मर्मत हुन नसकेको र अब केहिदिनमै मर्मत हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्