प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी : प्रधानमन्त्री ओली

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गर्नुभयो । ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन्,’ उहाँले भन्नुभयो । बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उहाँको भनाइ थियो ।

संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ । उहाँले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गर्नुभएको छ । ओलीले आफू तानाशाह नभएको बताउँदै जनताको माझमा जानु कसरी तानाशाह भयो भनेर प्रश्न गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्