कञ्चनपुरको दोधरा चाँदनीमा ५ दिने उद्घोषण तथा भाषण कला तालिमको उद्घाटन

कञ्चनपुर – रेडियो जनबोली ८९.२ मेगाहर्ज दोधरा चाँदनीको आयोजना र दोधरा चाँदनी नगरपालिका वडा नम्बर ३ को सहकार्य मा ५ दिने उद्घोषण तथा भाषण कला तालिमको उद्घाटन कार्यक्रम सोही वार्ड मा अवस्थित शंकर पार्वती माविको प्राङ्गणमा सम्पन्न भएको छ । वडा नम्बर ३ का वडा अध्यक्षको अध्यक्षतामा र दोधरा चाँदनी नगरपालिकाका नगरप्रमुख वीर बहादुर सुनारको प्रमुख आतिथ्यतामा ५ दिने तालिम शनिबार उद्घाटन भएको थियो।

कार्यकममा नगरपालिका अन्तर्गतका वार्ड अध्यक्ष वार्ड सदस्य तथा ब्रो कास्टिङ एसोसिएसन (वान) सु. प. संयोजक एवं रेडियो जनबोलीका प्रबंधक ज्ञानेन्द्र सिंह महता लगायत शिक्षक स्थानिय सहभागी प्रशिक्षार्थी पत्रकारको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै ब्रो कास्टिङ एसोसिएसन वानका संयोजक एवं रेडियो जनबोलीका प्रबंधक महताले वर्तमान स्थितिमा सञ्चार क्षेत्रले उलेख्य भूमिका निर्वाह गरेको र कोरोना महामारीका बेला देशभरीका रेडियो हरूले करिब ८७.प्रतिशत सूचना को भुमिका निर्वाह गरेको बताउनुभयो । कञ्चनपुर जिल्ला महाकाली पारीका दुई गाविस दोधरा चाँदनी मिलेर अहिले दोधरा चाँदनी नगरपालिका भएकोमा समेत खुसी व्यक्त गर्नुभयो ।

यस्तै दोधरा चाँदनी सदरमुकाम भन्दा टाढा रहेका र सूचना को पहुँचमा जनता हरुलाई पुर्याउन का लागि रेडियो जनबोली स्थापना गरिएको बताउनु भयो । यस्तै कार्यक्रममा वडा अध्यक्ष लगायतले आफ्नो विचारहरु मन्तव्य मार्फत राख्नु भएको थियो यस्तै पिछडिएको क्षेत्र भएका कारण यो क्षेत्रका जनता हरुले भाषण कला तथा उघोषण कला सिक्न महत्व पूर्ण कुरा भएको र आगामी दिनहरुमा नगरका १० वडाका वडाअध्यक्ष हरूले समेत युवा हरुको व्यक्तित्व विकासका लागि पहल गर्नु पर्नेमा दोधरा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा कार्यकमका प्रमुख अतिथि वीर बहादुर सुनारले जोड दिनुभयो । यस्ता खालका नयाँ नयाँ कुराहरु यो नगर भित्र आउनु भनेको नगरका नागरिकको व्यक्तित्व विकास हुनु र सो कार्यप्रति आफू निकै खुसी भएको नगर प्रमुख सुनारले बताउनुभयो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन तथा औपचारिक कार्यकम समापन गर्दै दोधरा चाँदनी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पुष्कर दत्त जोशीले यस्तो तालिम ३ नम्बर वडा बाट सुरु भएको र युवा हरुको व्यक्तित्व विकासका निम्ति सो तालीमहरु नगरका प्रत्येक वडामा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

उद्घोषण तथा भाषण कला तालिम शनिबार उद्घाटन भएको र आईतबार बाट प्रशिक्षार्थी हरुलाई तालिम दिइने छ। तालिम  रेडियो जनबोलीमा कार्यरत सञ्चार कर्मी उद्घोषक राकेश दयालले गर्नेछन् । उदघाटन कार्यक्रममा सहजीकरण दुर्गा बडवालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्