दोधरा–चाँदनी नगरपालिकामा नेपाली काँग्रेसको विरोध कार्यक्रम सम्पन्न

कञ्चनपुर – नेपाली काँग्रेस दोधरा–चाँदनी नगरपालिका नगर कमिटीको आयोजनामा संसद विघटनको विरुद्धमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको थियो । संसद विघटनको विरोधमा नेपाली काँग्रेसले देशै भरी ७५३ वटै पालिका हरुमा विरोध कार्यकम गरिरहेको छ ।
दोधरा चाँदनीको विरोध कार्यक्रममा नगर कमिटीका सदस्य तथा नेपाली काँग्रेसका कार्यकर्ता हरूको सहभागिता रहेको थियो । कार्यकममा बोल्दै स्थानिय नेताहरुले देश र जनताको हित विपरीत भएको र अदालती प्रक्रिया लाई सर्व सम्मत रुपमा मान्ने तथा मध्यावधी निर्वाचनमा नेपाली काँग्रेस कटिबद्ध भएर उभिने बताएका थिए । नगरपालिका भित्र रहेका रहेका नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु र स्थानिय हरुको उपस्थित रहेका थियो ।

नगर सभापति डम्मर चन्दको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दोधरा चाँदनी नगरपालिकाका प्रमुख वीर बहादुर सुनार रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्