सरकारले गरेका काम संविधान अनुसार : नेम्वाङ्ग

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुभासचन्द्र नेम्वाङले बर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको दावी गर्नुभयो ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको दावी गर्नुभएको हो ।

संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उहाँले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गर्नुभयो । संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्