न्यायालय र न्याय प्रणालीमाथि विश्वास हटाउन षड्यन्त्र गरियो : प्रधानमन्त्री

FILE PHOTO

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र न्याय प्रणालीमाथि विश्वास हटाउन षड्यन्त्र गरिएको बताउनुभएको छ ।

नेकपा प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्याय प्रणालीमाथि विश्वास हटाउन घिनलाग्दा प्रयास भएको बताउनुभयो । ‘प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो,’ उहाँले भन्नुभयो, ‘ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरुलाई म चिन्दा पनि चिन्दिनँ ।’

नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई काम रोक्न दबाब दिएर गैरजिम्मेवार अराजनीतिक कार्य गरेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन सामना गर्न प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनुभयो ।

कार्यक्रममा नेकपा नेताहरु सुवासचन्द्र नेम्वाङ, प्रभू साह, छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्