इन्डोनेसियामा शक्तिशाली भुकम्प, ८०० भन्दा बढी घाइते

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ ।

अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्