तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुर युवक मृत फेला

सांकेतिक तस्बिर

महेन्द्रनगर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् ।

गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान हुँदैछ । प्रहरीले शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्