नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला, प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप

नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला,
प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप

कञ्चनपुर — नेकपाको कञ्चनपुर पार्टी कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले ताला लगाइदिएपछि विवाद बढेको छ ।
दाहाल-नेपाल समूहले आइतबार जिल्ला कमिटीको विस्तारित बैठक आह्वान गरेपछि ओली समूहले कार्यालयमा ताला लगाइदिएको थियो । ताला तोड्ने क्रममा प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडपसमेत भएको छ ।

शनिबार दाहाल-नेपाल समूहले आइतबार दिउँसो बैठक आह्वान गरेपछि ओली समूहले बिहानै मूल गेटसँगै कार्यालयमा ताला लगाएको हो । ताला फोड्ने क्रममा प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।

अहिले पार्टी कार्यालयमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सुरक्षाकर्मीले कार्यालयमा लगाएको ताला तोड्न दिएका छैनन् । दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरुले पार्टीको कार्यक्रम गर्न पाउनुपर्ने भन्दै ताला तोड्न खोजिरहेका छन् । कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्