वडा अध्यक्ष राम बहादुर लामा को संयोजकत्वमा आज मेलम्ची बजार अनुगमन

सुशील सुवेदी, सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामा को संयोजकत्वमा वडा न. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन गरिएको छ । चाडपर्व नजिकिदै गर्दा अरु समय मा भन्दा खरिद बिक्रि बढी हुने हुनाले बजार मा उपभोक्ता ठगिने क्रम म्याद नाघे का सामान बेच्ने र अन्य ठगी जस्ता गति विधि हुने भएका ले अनुगमन लाई निरन्तर्ता दिएको मेलम्ची नगर पालिका वडा नम्बर १२ का वडा अध्यक्ष एबम बजार अनुगमन समितिका सम्योजक राम बाहादुर लामा ले जानकारी दिनु भयो ।

अनुगमन मा विभिन्न खाद्यान्न पसल र मासु पसल हरु अनुगमन गरिएको हो । अनुगमनमा केही खाद्यान्न पसल हरुमा म्याद नाघेका पिए पदार्थ कुर्मुरे चाउचाउ बिस्कुट लगाएत अन्य म्याद नाघेका सामान हरु भेटिएको छ । ति साामानहरुलाई पसलबाट हटाइ नस्ट गरिएको छ । साथै अनुगमन को क्रम मा केही पसल हरु दर्ता न गरिएको नबिकरण न गरिएको पनि भेटिएको छ । ति पसललाई दर्ता गर्ने र नबिकरण न गरिएका पसल हरु लाई एकपटकको लागि कर न तिरेका लाई तिर्न र नबिकरण गर्न सम्झाई बुझाई गरेर छाडिएको नगर पालिका का राजस्व शाखा का प्रमुख राजेन्द्र दुलाल ले जानकारी दिनु भयो ।अनुगमनको क्रममा मेलम्ची बजार मा रहेका विभिन्न खाद्यान्न तथा मासु पसल मा मूल्य शुचि समेत राखिएको छ ।

अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बाहादुर लामा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रुद्र प्रशाद दुलाल , मेलम्ची नगर पालिका का राजस्व शाखा का प्रमुख राजेन्द्र दुलाल ,बजार ब्यबस्थापन समिती का अध्यक्ष टेकलाल श्रेष्ठ बजार ब्यबस्थापन समिती का सदस्य तारा चन्द्र दुलाल कृष्ण दुलाल उद्योग बाणिज्य सङ नेपाल प्रहरी , सशत्र प्रहरी पत्रकार र विभिन्न स्थानिय लगायतको को उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्