उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए, ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

देशैभर पनि पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्