कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६१८ कोरोना संक्रमित थपिए

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया महिला, चितवनमा ३६ वर्षीया महिला, कैलालीमा ५७ वर्षीया महिला र काठमाडौंमा ८३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६१८ जनामा संक्रमण पुष्टि  भएको छ । काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्