पछिल्लो २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १०६४१ जनाको पीसीआर परीक्षण गर्दा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा १२४३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२९४९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्