प्रहरीलाई नागरिकप्रति उत्तरदायी बनाउन सिन्धुपाल्चोकका ३ स्थानीय तहमा सुझाव संकलन पेटिका

सुशील सुवेदी, सिन्धुपाल्चोक

इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो संगठनलाइ नागरिकमुखि बनाउन सुझाव संकलन कार्य सुरु गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुरुप सिन्धुपाल्चोकले प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सुझाव पेटिका स्थापना गरेको हो । पेटिका उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सुझाव संकलन कार्यक्रमले प्रहरी संगठनमा सुशासन स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले मौखिम रुपमा यो गरेन र उ गरेन भन्नेहरुले अब सुझाबको रुपमा पेटीकामा सुझाब दिन सक्नपर्ने बताउनुभयो ।
हरेक नागरिकले आफू बिना बर्दिको सिपाहीको रुपमा प्रहरी संगठनलाई सहयोग गर्नुपर्ने नगर प्रमुख अर्यालले बताउनुभयो । पहिलो चरणमा जिल्लाका तीन नगरपालिकाको कार्यालयमा सुझाव पेटीका स्थापना गरिएको हो । नागरिका सुझाबका आधारमा काम अगाडि बढाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले बताउनुभयो । नागरिकले प्रहरी संगठनबारे कुनै गुनासो भएमा पेटिका मार्फत गुनासो राख्न पाउनेछन् । प्राप्त सुझावलाई खामबन्धी गरेर जिल्ला प्रहरी कार्यालय पठाउने र जिल्लाबाट प्रदेश प्रहरी कार्यालयमा पठाइने र नागरिकले दिएको सुझावकै आधारमा संगठन र आचरण सुधारको योजना बनाइने प्रहरी निरिक्षक तामाङले बताउनुभयो । सुझाबले प्रहरी संगठनलाई कार्यसम्पादनमा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

चौतार। साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिकामा गुनासो तथा सुझाव पेटिका राखेको प्रहरीले जनाएको छ । आज एक कार्यक्रमकाबीच नगरपालिकाहरुको कार्यालयमा प्रहरीले “प्रहरी कर्मचारीहरुको कार्यसम्पादन सम्बन्धी गुनासो एवंं सुझाव संकलन पेटीका” को उड्घाटन गरेको हो । प्रहरीले स्थानीयको बढी आवतजावत हुने स्थानहरु छनौट गरी सुझाव पेटिका राखेको जनाएको छ । चौतारामा मेयर आमानसिंह तामाङ, मेलम्चीमा मेयर डम्बर बहादुर अर्याल र बाह्रबिसेमा मेयर निमफुञ्जो शेर्पाले सुझाव संकलन पेटिका को उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्