भूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

सुशील सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रिक्टरको भूकम्पको परापम्पका कारण एक जना घाइते भएका छन्।
भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ।
उहाँको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्