लयमा फर्किदै बैतडीका बिद्यालय

नरेश जोशी, बैतडी

बैतडीमा ५ महिनादेखि बन्द रहेका विद्यालयहरु लयमा फर्किन थालेका छन । कोराना भाईरसका कारण लामो समयकोदेखि थला परेको शैक्षिक अवस्था लयमा फर्कन लागेको हो ।विद्यालय बन्द रहेको बेला पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चालनको तयारी भएको हो

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले अगामी असोज १ गतेदेखि विद्यालय पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यार्थी समस्यामा परेको हुनाले पुनः सञ्चालनको तयारी थालिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुुभयो“ कोरोना कहरमा पनि दैनिक ज्याला मजदुरी गर्ने बर्गहरुले काममै लागिरहेको र शिक्षकले बसिबसि तलब खाएको गुनासो आएकोले सञ्चालनको तयारी गरेका छौं”, जिल्लामै पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी ६० जनामा कोरोना पुष्टि भएको थियो । हाललाई उक्त गाउँपालिका कोरोनामुक्त भइसकेकोले विद्यालय पुनः सञ्चालनमा ल्याउदा कुनै समस्या नहुँने अध्यक्ष चन्दको भनाई रहेको छ ।

त्यस्तै,बैतडीको शिवनाथ गाउँपालिकामा पनि असोज ४ गतेदेखी विद्यालय सञ्चालनमा आउने भएका छन् । शिवनाथ गाउँपालिका शिक्षा समिती र प्रधानाध्यापकहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को अधारमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयलाई कक्षा संचालन गर्ने निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभएको छ । गाउँपालिकामा रहेका विद्यालयलाई स्यानिटाईज गरेर तथा सामाजिक दुरी कायम, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो् । हाललाई गाउँपालिका कोरोना संक्रमण मुक्त भएकाले विद्यालय संचालन गर्ने तयारी गरिएका उहाँले बताउनुभयोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्