रेडक्रसद्वारा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २१ परिवारलाई राहत बितरण

गणेशसिँह धामी, दार्चुुुला
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ ।
गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट विस्थापित मालिकार्जुन गाउपालिकाका विभिन्न २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको रेटक्रस दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थीले उपहार खबर लाई जानकारी दिए । शुक्रबार विभिन्न स्थानीय तहका पिवद् प्रभावित परिवारलाई राहत वितरण गरिएको उनले बताए । १५ मिटर कपडा, एक थान त्रिपाल, एक सेट भाँडाकुँडा र एउटा बाल्टीन हस्तान्तरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, उपध्यक्ष पुष्पा अवस्थी, वडा नम्बर ८ का वडाअध्यक्ष प्रेमराज पन्त, रेटक्रस दार्चुलाका सभापती गोपाल सिह महरा, मन्त्री दिपक प्रसाद अवस्थी, रेटक्रस मालिकार्जुन उपशाखा प्रमुख प्रेमसिह धामी, शंकरपुर उपशाखा प्रमुख उमेश सिह धामी लगायतको सहभागिता रहेको थियो । विपद्बाट प्रभावित परिवारलाई मानविय सहयोग गरेकोमा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले धन्यबाद व्यक्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्