कँही नभएको जात्रा दार्चुलाको नौगाडमा, करार कर्मचारीद्वारा सीमा सिल

दार्चुला संवाददाता
कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना संक्रमित फेला परेको भन्दै सदरमुकामसँग जोडिएको दल्लेख नाका र शैल्यशिखर नगरपालिका सँग जोडिएको सुकाखोला नाकाबाट आवतजावत गर्न पूर्ण रोक लगाएकाे छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जिल्ला भित्र हुलदंगा, अनावश्यक भीड, हुलहुज्जत र तनाव लगायत नियन्त्रण गरी शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न आवश्यक कर्फ्यु जारी गर्ने, निषेधआज्ञा जारी गर्ने, जिल्लाको आन्तरिक सीमा नाका सिल गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र हुने कुरा प्रष्ट छ । स्थानीय तहहरुले आफ्नो कुनै नाका सिल वा कुनै निष्चित स्थानमा निषेधाज्ञा वा कर्फ्यु जारी गर्ने प्रयोजनका लागि स्थानीय कार्यपालिकाबाट निर्णय गरी वा कार्यपालिका बैठकबाट पछि अनुमोदन हुने गरी पत्र मार्फत जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्नु कानून सम्मत र विधिसम्मत हुन जान्छ ।
कानूनद्वारा निर्दिष्ट गरिएको यो अधिकार कानूनले तोके बाहेकको कुनै पनि व्यक्ति, पदाधिकारी वा निकायले प्रयोग गर्नु कानूनको सर्वमान्य सिद्धान्तको बर्खिलाप हुन जान्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्