गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक

गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ ।

हेलम्बु – ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयर को हेलीकप्टरमार्फत कान्ति बाल अस्पताल काठमाडौ पठाइएको हो । गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टर मार्फत हेलम्बु गाउपालिका वडा नम्बर १ कि फुर्बा डोल्मा तामाङ्ले जन्माएको बच्चाले स्वास आफै फेर्न नसके पछि बालिकाको ज्यान बचाउन तत्काल हेलिकप्टर को व्यवस्था मिलाई थप उपचारका लागि काठमाडौ पठाइएको हेलम्बु गाउँंपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।

आफ्ना नागरीकको जिवन रक्षा को लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको शेर्पाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्