कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या २८९ पुग्यो

काठमाडौं – हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको जानकारी दिए ।

आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।

गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्