पछिल्लो २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी ९८० संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमित संख्या पनि घटेर ३५४ रहेको छ । काठमाडौंमा २९० तथा भक्तपुर र ललिपुरमा ३२–३२ जना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्