प्रहरी र बजारबासीको सक्रियतामा मास्क वितरण

सुशील सुवेदी, सिन्धुपाल्चोक

समुदाय स्तरमा कोरोना नफैलियोस् भन्नका लागि मेलम्ची नगरपालिकाको मुख्य बजारको मुख्य नाकामा निशुल्क मास्क वितरण कार्यको थालनि गरिएको छ । आज इलाका प्रहरी कार्यालय मेलम्ची , शसस्त्र प्रहरी ,बजार बासि र कोभिड १९ रोकथाम तथा बजार ब्यबस्थापन समितिले संयुक्त रुपमा मास्क वितरण गरेको हो ।

मेलम्ची बजारको मुख्य ४ वटा नाका आज मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । सबै जनालाइ मास्क प्रयोग गर्ने बानि बसाल्नको लागि मास्क वितरण गरिएको बजार ब्यबस्थापन समितिका संयोजक पुष्कर धितालले जानकारी दिनुभयो । अब घरबाट बाहिर निस्किदा मास्कको प्रयोग नगरेमा १०० रुपिँया जरिवाना लाग्ने हुनाले सबैले मास्क प्रयोग गरेमा मात्र बाहिर निस्कन प्रहरीले आग्रह गरेको छ ।

आज मेलम्चीका ५५० जनालाइ मास्क वितरण गर्दै सचेतनाको काम गरेको धितालले जानकारी दिनुभयो । यस्तै मास्क वितरणको कामलाइ केहि दिन निरन्तरता दिने बजार ब्यबस्थापन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्