सुदूरपश्चिमको गौरव आयोजना अन्तरगत पोखरा–बेलापुर सडक १०किलोमिटर कालोपत्रे हुँदै

हरिश चन्द, डडेल्धुरा 

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना पोखारा–बेलापुर सडक कालोपत्रे हुने भएको छ । कञ्चनपुरको दैजि देखि बैतडीको ढुंगाड जोड्ने सडकको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे हुने भएको हो । १० किलोमिटर कालोपत्रेका लागी ठेक्का सम्झौता भएको छ । आईतबार सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रि पठान बोहराले सडकको शिलान्यास गरेका छन ।

२० करोड ४८ लाख ५ हजार लागतमा केएस कन्ट्रक्सन संग ठेक्का सम्भौता भएको भौतिक पुर्वाधार कार्यालय डडेल्धुरा जनाएको छ । पाँच मिटर चौडा कालोपत्रे हुने सडकको नाली सहित आठ मिटर चौडा हुने छ । २०७७ असार २ गते सम्झौता भएको सडक २०८० असार २७ गते सम्पन्न गरि सक्नु पर्ने पुर्वाधार विकास कार्यालयका डडेल्धुराका नि. प्रमुख राम चन्द्र खत्रीले ले वताउनुभयो । यो सडक प्रदेश सरकारको गौरकाको योजना अन्तरगत पर्दछन ।

पोखरा बेलापुर ढुगाड ,बैतडीको ढुंगाड, बझांगको निर्धारित समय भित्र सडक सम्मन्न हुने र अवका सडकहरु फराकिले हुने जसले गर्दा विपरित दिशा बाट आउ गाडि आवत जाउत गर्न सजिलौ हुने भएकाले हामिले वनाउने सडक गुणस्तररिय हुने भौतिक पुर्वाधार विकास मन्त्रि पठान बोहरावताउनु भयो । पोखरा बेलापुर देखि बझाङङदेउरा हुदै चिनको नाका सम्म जोड्ने लक्ष्य रहेको मन्त्रि बोहराले बताए । यस अन्तरगत बझांगको देउरा सम्म जोड्ने निश्चित भई सकेको छ । उनले भने, सडकको विभन्न खण्डमा कालोपत्रेका लागी टेण्डर भई सकेको छ । दैजि देखि ढुंगाड सम्मको लम्बाई एक सय ४५ मिलोमिटर रहेको छ । डडेल्धुरामा मात्रै एक सय १५ किलोमिटर छ । डिबिएसटि प्रबिधिको कालोपत्रे हुने पुर्वाधार कार्यालयले जनकारि दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्