अष्ट्रेलियामा कोरोना असर: ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार

कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् ।

देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन ।

युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब ३४ प्रतिशत विद्यार्थीहरु घर भाडा तिर्न नसकेर घरबारविहीन हुने जोखिममा छन् । उक्त रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । उक्त रिपोर्टमा यो संख्या अझ बढ्नेतर्फ सचेत गराइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्