सिन्धुपाल्चोक तामाङ कलाकार संघको जुगलका पहिरो पीडितलाई एक लाख २५ हजार सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक

तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २, लिदीका पहिरो पीडितका लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले आज जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो। संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रूपैयाँ सहयोग गरिएको संघका अध्यक्ष सन्जीव वाइबाले जानकारी दिनुभयो ।

पहिरोमा परी घाइते भएकाहरूको उपचार तथा पीडितका लागि आवश्यक राहात वितरणका लागि उक्त सहयोग गरिएको उनले बताए। घटनास्थलमै पुगेर राहत तथा अत्यावश्यक सामग्री वितरण गर्न सम्भव नभएकाले जिल्ला समन्वय समितिका प्रमुखलाई उक्त रकम हस्तान्तरण गरिएको उनको भनाइ छ।

लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ३९ जनामध्ये हालसम्म १८ जनाको शव फेला परको छ। अन्य बेपत्ता २१ जनाको खोजी कार्य भइरहेको छ। पहिरोमा परी घाइते भएका आठ जनालाई शुक्रबार नै उद्धार गरिएको थियो।उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्