सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको शव भेटियो, उद्धार जारी

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भीषण पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ३ घरका २१ जना पुरिएका छन् । पहिरोमा पुरिएका पाँच जनाको उद्धार गरिएको छ । उनीहरुमध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । वडाध्यक्ष प्रताप लामाका अनुसार पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन । उनले भने, ‘पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ, उद्धार जारी छ ।’

पहिरोले गाउँ नै पुरिएपछि उद्धार टोली हेलिकोप्टरबाट जाने तयारी भइरहेको छ ।
जनप्रतिनिधिले चाँडो भन्दा चाँडो घटना स्थलमा घाइतेहरूको उद्धार कार्यमा लाग्न अपिल गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धारको काम गर्दै गरेको जिल्ला प्रशासन कार्यालयकी प्रसाशकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्