स्मार्टफोनको प्रयोगले बालबालिकामा आईस्ट्रोकको खतरा

अचेल अधिकांश घरका बालबालिकाहरु स्मार्टफोन बिना बाँच्नै नसक्ने भएका छन् । घरमा भएको बेला उनीहरु आफ्ना बुवा(आमाको स्मार्टफोन नसमाती बस्नै सक्दैनन् । फलस्वरुप हरेक साँझ तथा राति आमाबुबाको स्मार्टफोन बच्चाकै हातमा हुन्छ । दिउँसोको तुलनामा बालबालिकाहरु प्रायः राति नै बढी स्मार्टफोन चलाउँछन् । अभिभावकहरुको लाखौं प्रयासपछि पनि उनीहरु स्मार्टफोनबाट टाढा बस्न चाहँदैनन् ।

यद्यपि, हालै गरिएको एउटा अध्ययनले के पत्ता लगाएको छ भने राति(राति स्मार्टफोन चलाउने बालबालिकाहरुमा आई स्ट्रोक तथा आँखा टेढो हुने खतरा अत्यधिक हुन्छ । हालैमात्र चीनमा स्मार्टफोन हेर्ने बानीका कारण वाङ नाम गेका युवकको आँखाको ज्योति नै गुम्यो । चिकित्सकका अनुसार राति सुत्ने बेलामा ढिलासम्म स्मार्टफोनको सम्पर्कमा रहँदा आई स्ट्रोक हुनुका साथै एकै झट्कामा उनले आँखाको ज्योति गुमाएका थिए ।

के हो आई स्ट्रोक र ?

दिमागमा हुने स्ट्रोक जस्तै जब आँखाको रेटिनासम्म पुग्ने रगतको प्रवाह रोकिन्छ । त्यसपछि नै आई स्ट्रोक हुन्छ । रेटिना कोशिकाहरुको एउटा पातलो पत्र हो । जसले हामीलाई कुनै पनि दृष्य हेर्नका लागि सहयोग गर्छ । आई स्ट्रोकले आँखाको दृष्टि निकै कमजोर हुन्छ अथवा आँखाले पूर्ण रुपमै कुनै पनि वस्तु देख्नु छाड्छ । रगतको प्रवाह रोकिएपछि रेटिनाले प्रशस्त मात्रामा अक्सिजन पाउँदैन र केही मिनेटमै अथवा केही घण्टामै कोशिकाहरु मर्न थाल्छन् ।

बढ्दैछ बालबालिकाहरुको चस्माको पावर

आधुनिक विद्युत्तीय उपकरणहरु जस्तै मोबाइल फोन, ट्याबलेट तथा ल्यापटपको अत्यधिक प्रयोग गर्नाले बालिबालिकाहरुको आँखामा नराम्रो प्रभाव पर्छ । त्यसबाट बालबालिकाहरुको टाढाको वस्तु देख्नै छाड्छन् । लगातार नजिकबाट ती उपकरणहरु हेर्नाले उनीहरुको आँखामा निकै बल पर्छ र त्यसमा रुखोपन आउन थाल्छ । त्यसबाट बालबालिकाहरुको आँखा पनि टेढो हुन थाल्छ भने उनीहरुको चस्माको पावर पनि बढाउनु पर्ने बाध्यता आइपर्छ ।

रेटिनामा अक्सिजनको कमी

सेन्ट्रल रेटिनल अटोअकक्लूसनलाई आई स्ट्रोक पनि भनिन्छ । यसमा आँखाको रेटिनामा अक्सिजन पुर्‍याउने धमनीहरु खुम्चिन्छन् अथवा तीनले काम गर्न बन्द गरिदिन्छन् । यो बिरामीले विश्वभरीमा दुई करोडभन्दा बढी व्यक्तिहरु पीडित छन् ।

 

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्