भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो, झण्डै ४० हजारको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८४९ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ । भने भारतमा संक्रमतिको संख्या १९ लाख नाघेको छ । त्यस्तै झण्डै १३ लाख उपचार पछि निको भएका छन् । भने ५ लाख ८५ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट अति प्रभावित देशहरुको सूचीमा भारत विश्वकै तेस्रो नम्बर पर्छ भने एशियाको पहिलो नम्बरमा पर्छ । विश्वमा उदयमान शक्तिको रुपमा रहेको भारतमा कोरोनाको कहरले अर्थतन्त्रमा ठुलो समस्या भएको विज्ञहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्