दैजी औद्योगिक क्षेत्र आयोजनाको इआईए मन्त्रीबाट स्वीकृत, यही भदाैँमा शिलान्यास गरिने

उपहार खबर – सुदूरपश्चिमको गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) वातावरण मन्त्रालयबाट सदर भएको छ ।
आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पेश गर्नुभएको वातावरणीय प्रभाव मूल्याङ्कन फाइल वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्वीकृत गर्नुभएको छ । यो सँगै औद्योगिक क्षेत्रको काम अघि बढाउन बाटो खुलेको छ । उपहार खबरसँग कुरा गर्दै मेयर चन्दले लामो प्रयास र सम्बन्धित तहको सकारात्मक पक्षले औद्योगिक क्षेत्र आयोजनाको काम अघि बढाउने बाटो खुलेको बताए ।

गत मंसिरमा मन्त्रालयमा वन तथा वातावरण महाशाखाका प्रमुख यज्ञनीधि दाहालको अध्यक्षतामा बसेको बैठकमा वातावरणीय प्रभाव मूल्याङ्कन फाइल पेश भएको थियो । एक बर्ष पहिला मन्त्री बस्नेतसमक्ष कार्यसूची र सन्दर्भका सर्तहरु (टोर) स्वीकृत भएको थियो ।
त्यसपश्चात बेदकोट नगरपालिकाले सार्वजनिक सुनवाई समेत गरिएको थियो । त्यसपश्चात सार्वजनिक सुनुवाईको प्रतिवेदन ग्रीस कन्सल्टेन्सीमा बुझाइएको थियो ।

ग्रीस कन्सल्टेन्सीमार्फत उद्योग मन्त्रालय हुदै वन तथा वातावरण मन्त्रालयमा पेश भएको थियो । त्यसपश्चात गत मंसिरमा मेयर चन्द सहितको बैठकमा केहि हेरफेर गरिएको थियो । पेश भएको उक्त फाइल यहि १४ गते बन मन्त्रालयका सचिव समक्ष पुगेको र आइतबार मन्त्री बस्नेतले स्वीकृत गर्नुभएको हो ।
यसकार्यमा सहयोग गर्ने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शिर्ष नेता, प्रदेश सरकार तथा अन्य सहयोगीप्रति मेयर चन्दले आभार प्रकट गर्नुभएको छ । दैजी औद्योगिक क्षेत्र यस बर्ष २०७७/०७८ को बजेटमा समेत समेटिएको छ । २ सय ९३ बीगा क्षेत्रफलमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजना आउदो भदौ महिनामा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्